काठमाडौं । साताको तेस्रो दिन आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।
सोमबार तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेर १ लाख १७ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने घटेको छैन । चाँदी तोलाको १ हजार ३९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।




















