साँकेतिक तस्बिर
काठमाडौं । वाणिज्य बैंकहरूले फागुनको १ गतेदेखी लागुहुने गरी ब्याजदर घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।
२० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।
कृषि विकास बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७.३५ प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, फागुन महिनार्क लागि प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८, एनएमबी बैंकको ८.५, ग्लोबल आईएमई बैंकको ७.६, नबिल बैंकको ७.७६, नेपाल एसबीआई बैंकको ८.१, कुमारी बैंकको ८.०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर कायम गरेको छ ।
लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।
कुन बैंकको ब्याजदर कति ?
कृषि विकास बैंक ६.४४ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड बैंक ७.३५ प्रतिशत
प्राइम कमर्सियल बैंक ७.४ प्रतिशत
नेपाल बैंक ७.२५ प्रतिशत
सानिमा बैंक ७.५१ प्रतिशत
प्रभु बैंक ७ प्रतिशत
नेपाल इन्भेस्टमेन्ट बैंक ८ प्रतिशत
एनएमबी बैंक ८.५ प्रतिशत
ग्लोबल आईएमई बैंक ७.६ प्रतिशत
नबिल बैंक ७.७६ प्रतिशत
नेपाल एसबीआई बैंक ८.१ प्रतिशत
कुमारी बैंक ८.०१ प्रतिशत
एनआइसी एशिया बैंक ८ प्रतिशत
हिमालयन बैंक ८.१५ प्रतिशत
लक्ष्मी सनराइज बैंक ८ प्रतिशत
माछापुच्छ्रे बैंक ८ प्रतिशत
एभरेष्ट बैंक ८ प्रतिशत
सिद्धार्थ बैंक ८ प्रतिशत
सिटिजन्स बैंक ८.२५ प्रतिशत



