काठमाडौं । साताको पाँचौ दिन आज सुन चाँदीकै भाउ घटेको छ । आज सुनको भाउ २०० रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य घटे संगै नेपाली बजारमा बिहीबार प्रतितोला सुन १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको छ ।
यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।



