काठमाडौं । साताको दोस्रो दिन आज सुन र चाँदीको भाउ घटेको छ ।
आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर प्रति तोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।



