काठमाडौं । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिमक दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबार भएको हो ।
मुल्य घटे संगै छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको महासघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



