काठमाडौं । साताको छौठौं दिन आज सुन र चाँदीको भाउ बढेको छ । सुन तोलामा ३०० र चाँदी ५ रुपैयाँ बढेको हो ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।



