काठमाडौं । साताको चौथो दिन आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।



