काठमाडौं । साताको दोस्रो दिन सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।
लगातार ३ दिन घटबढ नभएको सुनको भाउ सोमबार ३०० रुपैयाँले बढेर तोलाको १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको १ हजार ४०५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।



