काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा १ हजार २०० रुपैयाँ घटेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज सुनको भाउ तोलाको १ लाख १७ हजार ५०० रुपैयाँ तोकिएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार २०० रुपैयाँ रहेको थियो ।
यस्तैगरी, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



