काठमाडौं । नेपाली बजारमा आन सुनचाँदीको भाउ आज घटेको छ । साताको चौथो दिन बुधबार सुन तोलामा १ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आज तोलाको १ हजार २०० रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तैगरी, आजै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



