काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । बढेको मुल्य संगै आइतबार तोलाको १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आजै चाँदीको मुल्य पनि बढेको महासंघले जनाएको छ ।
शुक्रवार तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



