काठमाडौं । साताको तेस्रो दिन आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।
सोमबार तोलाको १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।



