काठमाडौं । सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ ।
हिजो भाउ बढेर तोलाको १ लाख २१ हजार पुगेको सुन आज घटेर १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।
हिजो तोलाको १ हजार ४६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



