काठमाडौं । साताको तेस्रो दिन आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
हिजो तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको १ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च मुल्य कायम हुदै तोलाको १ लाख २२ हजारमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको १ हजार ४६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



