काठमाडौं । सुनको भाउ आज तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको १ लाख २० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीवार १ हजार ३०० रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च प्रति तोला १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । प्रति तोला ३५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।



