काठमाडौं । साताको चौथो दिन आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ ।
बुधबार सुनको भाउ तोलाको १ लाख २० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



