एजेन्सी – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६७ हजार नाघेको छ।
यस्तै ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार ३ सय नाघेको छ।
संक्रमित मध्य अहिले सम्म ११ लाख ५७ हजार भन्दा बढीले सफल स्वास्थ्य उपचार पाएर घर फर्किएका छन् ।
पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिका र युरोपेली मुलुकबाट रहेका छन् । यस्तै ल्याटिन अमेरिका, अफ्रिका र रसियामा संक्रमितको संख्या बढिरहेको छ।
पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ४ जना नयाँ संक्रमित थपिएको रोयटर्सले जनाएको छ।
संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको संक्रमण रहेको र २ प्रतिशतको मात्रै अवस्था गम्भीर रहेछ।


