गोरखा समाचारदाता
म्याग्दी – म्याग्दीमा ३ जना डेंगु संक्रमित भेटिएका छन् ।
बेनी नगरपालिकामा ३ जना डेंगु संक्रमित भेटिएका हुन् ।
बेनी अस्पतालमा बैशाख १८ गते २१ गतेसम्म २ महिला र १ जना पुरुषमा संक्रमण भेटिएको हो ।
संक्रमित महिला उपचारपछि स्वास्थ्य भएर घर फर्केकी छिन् भने २ जना पुरुषको भने अस्पतालमा उपचार भइरहेको छ । बैशाख महिनामा ४ जना डेंगु संक्रमित भेटिएका छन् ।
०७६ माघ २ गते अन्नपुर्ण गाउँपालिकामा १ महिला र बैशाख ९ गते मंगला गाउँपालिकामा १ पुरुषमा डेंगु देखिएको थियो । गत आर्थिक बर्षमा २०७५÷०७६ मा म्याग्दीमा १३ जना संक्रमित भेटिएको बेनी अस्पतालले जनाएको छ ।
सदरमुकाम बेनी बजारसहित बाक्लो बस्ती रहेको ठाउँमा उच्च जोखिम रहेकोले लामखुट्टे टोकाईबाट बच्ने उपाय अपनाउन बेनी अस्पतालले आग्रह गरेको छ ।


