गोरखा समाचारदाता
महोत्तरी – महोत्तरीको नेपाल भारत सीमा पार गर्दागर्दै आज (सोमबार) बिहान ११ भारतीय मुस्लिमहरु नेपालमा पक्राउ परेका छन् ।
मनरासिस्वा नगरपालिका ९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको पश्चिम बङ्गाल राज्यको कोलकात्ता घर भएकाहरु रहेको बताइएको छ । उनीहरु एकडारा गाउँपालिका ५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका थिए ।
लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर भारत जान खोजेका थिए । पक्राउ परेकालाई प्रहरीचौकी कट्टिकटैयामा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।


