गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस संक्रमणबाट भारतमा ज्यान गुमाउनेहरुका संख्या १ हजार ३९१ जना पुगेको छ ।
संक्रमणबाट भारतमा आइतबार मात्रै ६८ जनाले ज्यान गुमाएको छ । आईतबार नै २ हजार ८०६ जना संक्रमित थपिएका छन । यो सहित भारतमा संक्रमितहरुको संख्या ४२ हजार ५३३ पुगेको छ । एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो ।
यो रोगबाट भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । संक्रमितमध्ये १२ हजार भन्दा बढी उत्त राज्यमा रहेको भारत सरकारले जनाएको छ । संक्रमण तीब्र हुँदै गएपछि भारतमा आगामी जेठ ४ गतेसम्मका लागि लकडाउन थपिएको छ ।


