लकडाउनले मानिसलाई मात्र होइन जनावरहरुलाई पनि निकै असर पुगेको छ । यस्तो अवस्थामा बिशेष गरि सडकका जनावरहरु भोकै रहेका छन् । केही कलाकारहरुले भने सडकमा नै पुगेर ती जनावरहरुलाई खाना खुवाइरहेका छन् ।
यस्तैमा, हास्यकलाकार सागर लम्साल ‘बले’ले एक सडक कुकुरलाई घरमा नै ल्याएका छन् । सधैको लागि पाल्ने सोच बनाएर बलेले सडमा भएको भुसिया कुकुरको बच्चोलाई घरमा ल्याएका हुन् ।यस विषयमा सागरले भने, ‘मलाई पहिल्यै देखि कुकुर पाल्ने रहर थियो ।
म कुकुर किन्ने सोचमा थिए । तर, अहिलेको अवस्थामा कुकुर किन्नु भन्दा पनि सडकमा भोकै परेका कुकुरलाई ल्याएर पाल्नु राम्रो लाग्यो त्यसैले सडकबाट उठाएर ल्याए ।’


