काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै त्यहा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ ।
एकै ठाउँमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अरुमा फैलिएकाले नेपालीहरू असुरक्षित बन्न पुगेका छन् । अहिले बहराइनमा ठूला परियोजनामा काम भइरहेको छ । कतिपय कामदार भिसा अवधि सकिएर पनि स्वदेश फर्किन सकेका छैनन् ।
बहराइनमा करिब ३५ हजार नेपाली श्रमिक रहेको अनुमान छ । बहराइनमा हालसम्म कोरोनाका एक हजार पाँच सय ३४ जना संक्रमित छन् भने आठ जनाको मृत्यु भएको छ ।


