एजेन्सी – रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोना भाइरसको संक्रमणपछि बिरामी परेका उनलाई अस्पताल भर्ना गरिएको छ ।
रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ ।
उनी अस्पतालमा भर्ना भएपछि प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभलाई दिइएका छन् ।
जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका थिए ।
रुसमा बिहीबार एकै दिन ७ हजार ९९ जना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १ प्रधानमन्त्री मिखाइल पनि हुन् । रुसमा संक्रमितको संख्या १ लाख भन्दा बढी पुगेको छ । रुसमा अहिलेसम्म १ हजार ७३ जनाको ज्यान गईसकेको छ ।


