गोरखा समाचारदाता
काठमाण्डौं – लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँने तपाईको ईच्छा शक्ति हो भने नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ ब्यवस्था समेत मिलाएको छ ।
सहभागीले आगामी जेठ १८ गतेसम्म फोटो पठाइसक्नुपर्ने छ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सक्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट पाँच सहभागीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउने बोर्डले विश्वास लिएको छ ।
इच्छुक कोहीले प्रतियोगितामा सोसियल एकाउन्टबाट रजिस्ट्रर गरीे सहभागी हुन सक्ने छन् ।




















