गोरखा समाचारदाता
महोत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा भङ्गहा नगरपालिका ७ मेघनाथ गोरहन्ना गाउँका ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदा रहेको छ ।
उनीहरुको मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा मृत्यु भएको अनुमान प्रहरील गरेको छ । घटना भएलगत्तै मृतकमध्ये लालबाबु सिंहको शव प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिएको छ ।
३ जनाको दाहसंस्कार गरिसकेकाले थप अनुसन्धान भईरहेको छ ।
दुई दिनमा ४ जनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए । सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुनसक्ने वडाध्यक्ष सिंहको अनुमान छ ।
यसैबीच विषाक्त रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको अड्कलबाजी भइरहेकै अवस्थामा प्रहरी मृतकमध्ये लालबाबु सिंहको घरबाट रक्सी बरामद गरेको छ भने रामपुकार सिंहको घरमा मदिरा बनाउने भट्टी तथा मदिरा तयार गर्न राखिएको ८ सय लिटर कच्चा पदार्थसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।


