गोरखा समाचारदाता
काठमाण्डौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
संसद बोलाउन ढिलो गर्दा बजेटबारेको छलफल प्रभावित हुने कांग्रेसको निस्कर्ष छ । कांग्रेसले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको काम सन्तोषजनक नभएको निस्कर्ष निकालेको छ ।
अत्यावत्यक सामाग्री ल्याउन सरकार असफल रहेको र राहतको काममा सरकारले सफलता पाउनु नसकेको कांग्रेसले जनाएको छ । बैठकमा प्रतिपक्षी दलको रुपमा भूमिका बढाउनु पर्ने बारे पनि छलफल भएको थियो ।


