बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
पेटमा संक्रमण भएकाले खानलाई आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।
सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन् ।
इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन् ।


