दार्चुला — आइतबार बिहान महाकाली नदीमा बगेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । ब्यास गाउँपलिका–१ की सपना ऐतवालको उपचारको क्रममा कोहलपुरमा सोमबार बिहानै मृत्यु भएको हो ।
जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि थप उपचारको लागि आइतबार दिउँसो एयरएम्बुलेन्समार्फत कोहलपुर लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ऐतवालको बिहानै २:३० बजे मृत्यु भएको खबर प्राप्त भएको छ । तिंकरखेडाबाट बगेकी ऐतवाललाई एक किलोमिटर पर जिल्ला अस्पताल नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेको थियो ।




















