एजेन्सी – दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उन जीवत र स्वस्थ रहेको दाबी गरेको छ ।
उनको स्वास्थ्यवारे विभिन्न टिकाटिप्पणी भइरहेको समयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका राजनीतिक सल्लाहकार मुन चुङ इनले किम जोङ उन अझै जीवित र स्वस्थ रहेको दावी गरेका हुन् ।
अप्रिल १३ देखि उनी ओन्सान क्षेत्रमा बस्दै आएको र कुनै पनि खालका शंकास्पद गतिविधि पत्ता नलागेको सल्लाहकारको भनाइ छ ।
उत्तर कोरियाको राज्य नियन्त्रित समाचारपत्र रोडोङ सिन्मुनले उत्तर कोरियाको सामजियोङ सहरलाई पुनःसंरचना गरेकोमा आइतबारमात्र किमले मजदुरलाई धन्यवाद दिएका छन् । यो रिपोेर्टको स्वतन्त्र पुष्टि भने भएको छैन ।
अप्रिल १५ मा हजुरबुबाको जन्मोत्सव मनाउने कार्यक्रममा उनी अनुपस्थित भएपछि किमको स्वास्थ्यको बारेमा अनेक अडकलकाजी गरिएको हो ।
अघिल्लो साता शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण अवस्थामा रहेको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गर्दै आएका छन् । किमलाई कार्डियोभास्कुलर समस्या भएको दावी सञ्चारमाध्यमहरुको छ ।




















