काठमाडौं : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए
यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सचिव विडारीले बताए ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै बैठकमा यसलाई छिमेकी देशले अगाडि सारेका कार्यक्रमका आधारमा अगाडि बढाउने उनले बताए। लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने विडारीको भनाइ छ।
‘लकडाउनकै कारण संक्र’मणको दरलाई घटाउन सकिएको छ । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको अवस्थालाई विचार गर्दै जानुपर्छ भन्ने विषयमा छलफल भएको छ’, सचिव विडारीले भने, ‘कति दिनसम्म थप गर्ने भन्ने विषयमा नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।


