एजेन्सी – साउदी अरेबियाले दण्ड स्वरुप कोर्रा हान्ने व्यवस्था खारेज गरेको छ ।
नयाँ कानुनी प्रावधानमा कोर्राको सट्टा जेल सजाय वा जरिवाना गर्ने ब्यवस्था गरिएको साउदी सरकारी सञ्चार माध्यमले जानकारी दिएका हुन् । मानवअधिकारको अवस्था सुधार गर्न नयाँ कानुन निर्णय गरिएको बताइएको छ ।
विश्वमै खराव मानवअधिकारको अवस्था भएको साउदी अरबको कतिपय कानूनी प्रावधानप्रति अधिकारकर्मीले चर्को आलोचना गर्दै आएका छन् ।
साउदीमा सरकार विरुद्ध बोल्नेलाई जेल सजाय दिने गरिएको छ ।
साउदी अरेबियाका राजकुमार मोहम्मद विन सलमानले सत्ता हात लिएपछि भने उनले तिनमा सुधार गर्दै आएका छन् ।
उनले यसअघि महिलालाई सवारी साधन चलाउन दिने लगायत ब्यवस्था गरेका थिए ।


