काठमाडौं : अहिले बिश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको औषधि र खोप परिक्षणको अवस्थामा मुलुक रहेका बेला अमेरिकाको न्युयोर्कमा भने एक अस्पतालमा एचआइभी एड्सको औषधिले दुई बिरामीलाई सन्चो भएको दावी गरेको छ ।
के गरौं कसो गरौं भम्दै अत्यधिक चाप बिरामीको भएका चिकित्सकले शरिरको प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिने एचआइभी एड्स र स्तन क्यान्सरको औषधि भेन्टीलेटरका बिरामीलाई चलाएपछि ती मध्ये दुई जना निको भएको दावी गरिएको छ ।
त्यस्तै अन्य दुई जनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । बिरामीलाई लेरोनिलाम्ब नामक औषधि चलाइएको थियो जुन औषधि एचआइभी एड्सका बिरामीलाई खुवाउने गरिन्छ । उक्त औषधिको निर्माता कम्पनी बायोटेक फर्म साइटोडीनले कोरोना भाइरसका गम्भीर बिरामीलाई सो औषधिले निको हुने दावी गरेको छ ।
सो औषधि अन्य ७० जनामा पनि परिक्षणको लागि चलाइएको औषधी निर्माता कम्पनी साइटोडायनका प्रमुख डा. नादर परहसनले जनाएको बेलायतको प्रतिष्ठित पत्रिका डेलीमेलले जनाएको छ ।




















