×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उदयपुरमा ‘जमातीबाट होइन विद्यार्थीबाट फैलियो कोरोना’

  •  
  • शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे । सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराए । करिब अढाई घण्टाको छलफलमा उठेका विषयको जवाफ दिँदै उनले संक्रमण कहाँबाट फैलियो भन्ने अन्तिम टुंगोमा प्रदेश सरकार पुग्न लागेको बताए । उनले भने, ‘भारतको युपीमा उर्दु भाषा अध्ययन गरेर फर्किएका र दुबईबाट आएकामध्ये एक जनाबाट संक्रमण फैलिएको निष्कर्षमा हामी पुग्न लागेका छौं ।’

    भारतबाट आएका १२ जमातीले संक्रमण ल्याएको भन्नेमा आफूहरू विश्वस्त नरहेको घिमिरेले दाबी गरे । सूक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका पाँच सदस्यमा संक्रमण फैलिएको देखिएको उनले बताए । ‘अरू भन्दा पनि ती युवाबाटै संक्रमण फैलिएको भन्नेमा हामी पुगिसकेका छौँ, यद्यपि दुबईबाट आएकाको पनि बुझ्दै छौं’, मन्त्री घिमिरेले भने । संक्रमण पुष्टि भएकाहरूले यस बीचमा संगत गरेका र उनीहरू कहाँकहाँ पुगे भन्ने विवरण खोजी गरी उपचार विधिलाई फराकिलो बनाइने उनको भनाइ छ ।

    प्रारम्भिक अनुसन्धानमा संक्रमितको सम्पर्क २ सय ५१ जनासँग पुगेको विवरण प्राप्त भएकाले सबैको परीक्षण चाँडै गरिने घिमिरेले बताए । कोसी अञ्चल अस्पतालमा सय जना संक्रमितको उपचार गराउने क्षमता रहेको र त्यसले धान्न नसक्ने देखिएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार हुने गरी प्रक्रिया अगाडि बढाइएको उनले बताए । उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउन एक करोड बजेट विनियोजन भइसकेको जानकारी दिँदै घिमिरेले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए । तीन तहका सरकारबीच समन्वय अभावमा यसअघि उपचारमा ढिलासुस्ती भएको बताए ।

    छलफलमा स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले उपचारको फ्रन्ट लाइनमा खट्न दक्ष जनशक्ति, स्वास्थ्य सामग्री, सुरक्षा कवज र अन्य सामग्री अभाव रहेको अवगत गराए । जिल्लाका विभिन्न भेगमा ४ सय ५ जनामा गरिएको स्वाब परीक्षणमध्ये २८ जनामा कोरोना पुष्टि भएको उनले बताए । त्रियुगा नगर प्रमुख बलदेव चौधरीले संक्रमित आउजाउ भएका २ सय ५ जनाको स्वाब र २ हजार १ सय जनाको र्‍यापिड परीक्षण तत्काल गर्न ध्यानाकर्षण गराए । स्वाब परीक्षण धरान र विराटनगरमा मात्रै हुँदा संकलनलगायत प्राविधिक काममा असहज भएको उनले बताए ।

    संक्रमितको संख्या बढ्न थालेपछि उदयपुरलाई सिल गर्ने निर्णय भए पनि अन्य प्रदेशसँग समन्वय नहुँदा बाहिरबाट आउनेको संख्या नरोकिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए । ‘यो बेला ऊ र त्यो भनेर एकअर्कामा दोषारोपण गर्नुभन्दा सबैले जिम्मेवार भएर काम गर्नुपर्छ’, उनले भने । सो अवसरमा प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिँदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बनेको, किसानले खेती र उत्पादन गरेका वस्तु बिक्री गर्न नपाएको बताए ।

    अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले बिरामी बोक्न नमान्नेजस्तो समस्या देखिएको उनीहरूले अवगत गराए । यहाँ संक्रमित संख्या २८ जना पुगेसँगै प्रशासनले लकडाउन थप कडाइ गर्दै संक्रमित क्षेत्र पूर्ण रूपमा सिल गरेको छ । उक्त क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले घेरा हालेको छ । आउजाउमा पूर्ण रोक लगाइएपछि स्थानीयको दैनिकी असहज बन्दै गएको छ ।अन्नपूर्ण पोष्टमा खबर छ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.