गोरखा समाचारदाता
काठमाण्डौं – चौतफी बिरोध भए पछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएको छ ।
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन आफु तयार भएको जनाएको हो ।
अध्याय देश फिर्ता गर्ने बिषयमा अहिले प्रधानमन्त्री ओली कानुनी छलफल रहेको समेत प्रचण्ड निकटले जानकारी गराएको छ ।
पार्टी फुटाउन चाहिने सांसद र केन्द्रीय समितिको सङ्ख्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्रै चर्को विरोध हुनुका साथै बाहिर पनि चौतर्फी आलोचना भई रहेको छ ।


