गोरखा समाचारदाता
काठमाण्डौं – बिहीबार थप २ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ जना सङ्क्रमित भएका पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका किशोरमा सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ ।


