कोरोना भाइरसको संक्रमणले विश्वभरीमा के–के घटना घटाएका छन् । बीबीसीले केहीलाई घटनालाई बुँदागत रुपमा प्रस्तुत गरेको छ । अमेरिकामा कोरोना भाइरसबाट मर्नेहरुको संख्खा बढेर ४७ हजार कटेको छ । अमेरिकामै कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ लाख ४२ हजारभन्दा बढी छ ।
जोन्स होपकिन्स यूनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरीमा संक्रमणबाट २६ लाखभन्दा भन्दा बढी मानिसहरु पीडित छन् भने मृत्यु हुनेहरुको संख्यो एक लाख ८३ हजार भन्दा बढी छ
बेलायतमा निधन हुनेहरुको संख्या १८ हजार भन्दा बढी भैसकेको छ र संक्रमणका केशहरु पनि एक लाख ३४ हजारभन्दा बढी पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इमिग्रेशन अर्डरमा हस्ताक्षर गरेका छन् । ट्रंम्पले के भनेका छन् उनले कोरोना भाइरसमाथि हुने दैनिक पत्रकार सम्मेलनभन्दा ठीक अघि ह्वाट हाउसमा इमिग्रशनलाई रोक्ने आदेशमाथि हस्ताक्षर गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवासिहरुको अमेरिकामा बसोबास गर्ने कायृलई हालका लागि रोकिदिएका छन् ।
कोरोना भाइरसका कारण दक्षिण कोरियाको अर्थ व्यवस्था १ दशमलव ४ प्रतिशतले घटेको छ । बिहिबार सेन्ट्रल बैंकले वक्तव्य जारी गर्दै के भनेको छ भने पछिल्लो एक दशकमा दक्षिण कोरियाको अर्थ व्यवस्था वित्तिय वर्षको पहिलो त्रैमासिकमा यति नराम्रो स्तरमा आएको यो पहिलो पटक हो । कोरोना भाइरसको महामारीका कारण विश्वका थुप्रै देशहरुको अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको छ । यसअघि चीनले अर्थ व्यवस्थामाथि कोरोनाको प्रभावसंग सम्बन्धित आधिकारिक तथ्यांक सार्वजनिक गरेका थिए ।
सन् २००० को पहिलो त्रैमासिकमा चीनको जीडीपीमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको छ । सरकारी तथ्यांकका अनुसार पछिल्लो तीन दशकहरुमा चीनको अर्थ व्यवस्थामा गिरावट आएको यो पहिलो पटक हो । अस्ट्रेलियाले विश्व स्वास्थ्य संगठनका सबै सदस्यहरुले कोरोना भाइरसको परिक्षणमा सहभागिता जनाउनु पर्ने माग गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विश्व स्वास्थ्य संगठनका सबै सदस्यहरुले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रस्तावित समीक्षामा सहयोग गर्न आग्रह गरेका छन् ।


