गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा लकडाउनको अवस्थामा पनि तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मंगलबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरे पनि नियमित रुपमा सञ्चालन हुदै आएको हो ।
लकडान भएता पनि ‘नगरपालिकाकाले तालिका अनुसार संस्थागत क्लिनिक (साप्ताहीक रुपमा चल्ने) प्रत्येक मंगलबार सञ्चालन गर्दै आएको’ गोरखा नगरपालिका स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । उनका अनुसार ‘ नगर क्षेत्र भित्रका वडा स्तरको स्वास्थ्य चौकीहरुमा भने प्रत्यके महिनाको ५ देखी ९ सम्मको खोप कार्यक्रम पनि सञ्चालन भई रहेको छ ।’
लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस् भन्ने विषयलाई ध्यान दिँदै खोप कार्यक्रम सञ्चालन गरिएको गोरखा नगरपाकिलाले जनाएको छ । संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको नगरपालिकाले जानकारी दिएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वितिक्कै बिसिजी, ६ हप्ता र १० हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र पिसिभी, १४ हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र आइपिभीको खोप लगाउनु पर्छ ।
यस्तै बच्चा जन्मेको ९ महिनामा पिसिभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ ।


