गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ८० हजार ७ सय नाघेको छ । संक्रमणबाट १ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ भने ७ लाख ५ हजार ७ सय भन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ८ लाख १९ भन्दा बढी पुगेको छ भने ४५ हजार ३०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ८२ हजार भन्दा बढी सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोनाका कारण इटालीमा २४ हजार ६०० भन्दा बढीको ज्यान गएको छ । इटालीमा १ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
संक्रमणबाट स्पेनमा २१ हजार ३०० भन्दा बढीको ज्यान गएको छ भने २ लाख ४ हजारभन्दा बढी संक्रमित भएका छन् ।
फ्रान्समा २० हजार ८००, बेलायतमा १७ हजार ३००, जर्मनीमा ५ हजार १०० भन्दा बढीको ज्यान गएको छ ।
इरानमा ५ हजार ३००, नेदरल्याण्डमा ३ हजार ९००, बेल्जियममा ६ हजारभन्दा बढीको ज्यान गएको छ ।
दक्षिण एसियाली देश भारतमा संक्रमितको संख्या २० हजार नाघेको छ भने ६४५ जनाले ज्यान गुमाएका छन् भने पाकिस्तानमा ९ हजार ५६५ जना संक्रमित भएका छन् । पाकिस्तानमा अहिले सम्म २०१ जनाको ज्यान गएको छ ।


