गोरखा समाचारदाता
काठमाण्डौं – भारत सरकारले नेपाललाई २३ टन औषधी सहयोग गरेको छ ।
कोरोना विरुद्धको लडाईमा सहकार्य गर्ने भन्दै भारतीय राजदुत मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त औषधी हस्तान्तरण गरेका हुन ।
सो औषधी भारतीय जनताका तर्फबाट नेपालका जनतालाई उपहार स्वरुप प्रदान गरिएको बताइएको छ ।
हस्तान्तरण गरिएका औषधीहरुमा पारासिटामोल ३.२ लाख डोज र हाइड्रोक्सी क्लोरोक्विन २.५ डोज गरी कूल ८.२५ लाख डोज अत्यावस्यक औषधी छन ।
कोरोना विरुद्धको लडाईमा आगामी दिनमा पनि सहयोग निरन्तर रहने भारतीय दुतावासले प्रतिबद्धता जनाएको छ ।


