गोरखा समाचारदाता
काठमाण्डौं – बिहीबार मातातिर्थमा हुने मेला स्थगित गरिएको छ ।
वैशाख कृष्ण औँशीका दिन आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला स्थगित गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा हुने उत्त मेला कोरोना भाइरसको संक्रमणका कारण स्थगन गरिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाले विज्ञप्ती जारी गर्दै स्थगित गरिएको सर्व सधारणहरुलाई जानकारी गराएको छ ।

मातृ सम्मान दिवसका रूपमा मनाइने पर्व आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन् भने आमा नहुनेहरु भने संघीय राजधानी काठमाण्डौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा छ ।
अघिल्ला वर्षहरुमा वैशाख कृष्ण औँशीका दिन माताततीर्थमा लाखौँ भक्तजनको भीड लाग्ने गथ्र्यो । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा रही आएको छ ।
समितिले स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न पनि भनेको छ । यसैबीच चन्द्रागिरि नगरपालिकाले पनि माताततीर्थ मन्दिरमा भीडभाडा नगर्न र अवज्ञा गरी गरे जरिवाना गर्ने जनाएको छ ।


