×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोरोना भाइरस: सङ्क्रमणमुक्त भएका राजु विक भन्छन्: ‘कालको मुखबाट बाहिर आए जस्तो भयो’

  •  
  • बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारतको मुम्बईमा एउटा होटलमा काम गर्ने २१ वर्षीय राजु विकलाई नेपाल फर्किँदा आफूलाई कोरोनाभाइरस सङ्क्रमण होला भन्ने लागेकै थिएन । अझ ११ दिन क्वारन्टीन र १६ दिन अस्पताल बस्नु पर्ला भन्ने त कल्पना पनि गरेका थिएनन् । तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भयो र झन्डै चार साता पछि बल्ल सङ्क्रमणमुक्त भएर उनी घर फर्कन पाएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट घर फर्कन पाएपछि विकले बीबीसी न्यूज नेपालीका कमल परियारसँग कुरा गर्दै आफ्नो अनुभव बाँडेका छन्। नेपाल र भारत लकडाउन भएको बेला ‘निकै कष्ट’ सहेर चैत्र ११ गते गौरीफान्टा नाका हुँदै कैलाली प्रतापपुरका विक नेपाल आइपुगेका थिए।

    जानकारी नभई अस्पताल
    घर पुग्न नपाउँदै लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारन्टीनमा उनलाई राखियो र त्यहाँबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा सारियो । तर पाँच दिनसम्म उनले कोरोनाभाइरस सङ्क्रमण भएको भेउ पाएनन् । “डाक्टर र नर्सले ‘तपाईँ आइसोलेशनमा बस्नुपर्छ, थप चेकजाँच गर्नुपर्छ’ भनेका त थिए तर सङ्क्रमण भएको थाहा पाउन धेरै दिन कुर्नुपर्‍यो,” उनले भने । उनका अनुसार आइसोलेशनमै राखिएकी धनगढीकै एक महिलाले कोरोनाभाइरस सङ्क्रमित भएको बताएपछि उनी झस्किए । मोबाइलको ब्याट्री सकिएकाले र चार्जर नभएकोले उनले पाँच दिनसम्म कसैसँग फोनमा कुरा गर्न नपाएको उनी सम्झन्छन् ।

    निकै दुख र डर
    उनले भने, “चार्जर मगाएर मैले तत्काल डाक्टरलाई सोधेँ, डाक्टरले नआत्तिन र निको हुने भन्दै घुमाउरो जबाफ दिए । अनि सङ्क्रमित भएको चाल पाउन मलाई कठिन भएन।’ कोरोनाभाइरसबाट संसारभर मानिसहरूको मृत्यु भइरहेको कुरा उनलाई जानकारी थियो । सङ्क्रमित भएको थाहा हुँदा निकै दु:ख र डर लागेको भए पनि मृत्यु होला जस्तो भने नलागेको विक बताउँछन्। बिरामी आमाबुवा र परिवारका अन्य सदस्य सम्झेर आफू विचलित नभएको उनी बताउँछन् । कुनै गम्भीर लक्षण नदेखिएकाले क्‍वारन्टीनमा बस्दादेखि नै कोरोनाभाइरसका कारणले मर्नुपर्ला जस्तो कहिल्यै नलागेको तर कसरी सङ्क्रमण भयो भनेर अहिलेसम्म थाहा पाउन नसकेको उनको भनाइ छ।

    कालको मुखबाट बाहिर
    उनले भने, “अहिले मलाई कालको मुखबाट बाहिर आए जस्तो लागेको छ, नयाँ जीवन पाएको जस्तो लागेको छ । तर कसरी म सङ्क्रमित भएँ मलाई अझै थाहा छैन ।” उनलाई सबैभन्दा ठूलो कुरा आत्मबल भन्ने हेक्का छ । “म अहिले निको भएर परिवारको बीचमा फर्किएको छु, सबैजना खुसी हुनुहुन्छ र यसको मुख्य कारण मेरो आत्मबल र अनुशासन हो ।” चिकित्सक र नर्सले दिएको सुझाव पूर्ण पालना गरेको बताउने उनी भन्छन्, “पोषिलो खाना खाने, नियमित सरसफाइमा ध्यान दिने र अलग्गै बस्ने गरेमा कोरोनाभाइरसबाट बच्न सकिने रहेछ ।”

    पाँचजना सङ्क्रमणमुक्त
    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म उनीसहित पाँचजना कोरोनाभाइरसमुक्त भएर घर फर्किएका छन् । अरू व्यक्ति अझै अस्पतालमै छन् । अस्पतालमा बस्दा प्रायः चलचित्र र रमाइला भिडिओ हेरेको बताउने उनले डाक्टर र नर्सबाट पनि राम्रो व्यवहार पाएको अनुभव सुनाए । तर अस्पतालमा उनले केही तीता अनुभव पनि सँगालेका छन् । “मैले पटकपटक हारगुहार गर्दा पनि कपडा भने फेर्न पाइनँ,” उनले भने । “एकजना दाइले दिएको तौलिया बेरेर आफूले लगाएको कपडा धुने र लगाउने गर्नुपर्‍यो ।”

    अस्पतालबाट बिदा
    उनलाई चैत्र २२ गते पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको थियो । तर दोस्रो र तेस्रो परीक्षणमा भाइरस नभेटिएपछि उनलाई अस्पतालबाट बिदा गरियो । सोह्र दिन अस्पताल र एघार दिन क्वारन्टीनमा बसेपछि उनी आइतवार अपराह्ण घर फर्किन पाए । नेपाल आएको २७ दिनपछि घर पुग्दाको खुसी व्यक्त गर्दै उनले भने, “म घर पुग्दा मेरो बुबाआमा, परिवारका अरू सदस्य, आफन्त र छिमेकीहरूले बधाई दिए र फूलले स्वागत गरे ।”क्वारन्टीन र आइसोलेशनलाई जेलजस्तो भन्दै उनले कसैले त्यहाँ बस्नु नपरोस् भनेर कामना गर्छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.