लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको द इन्डियन एक्सप्रेसले लेखेको छ । रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसँग पहिलो पटक आफ्नो घरबाहिर निस्किएकी थिइन् ।
तर उनी जिउँदो फर्कन सकिनन् । करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो । पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ । १२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ।
छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो । जरोम आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए । राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन् ।
नोट : माथिको तस्बिर सङ्केदीत तस्बिर मात्र हो


