×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोरोना भाइरस: ‘अमेरिकीहरूलाई रक्षा गर्न आप्रवासनमा अस्थायी प्रतिबन्ध लगाइने’

  •  
  • मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबै आप्रवासनहरूमा अस्थायी प्रतिबन्धहरू लगाउँदै कार्यकारी आदेश जारी गर्ने बताएका छन्।सामाजिक सञ्जाल ट्विटरमा उनले भाइरसको सङ्क्रमणलाई ‘अदृश्य शत्रु’ बाट भएका आक्रमण भन्दै अमेरिकीहरूको रोजगारी रक्षा गर्नुपर्ने कारण त्यस्तो कदम चाल्न लागेको जनाएका छन् ।

    अहिले नै के के प्रभावित हुन्छन् वा राष्ट्रपतिले उक्त आदेश कार्यान्वयन गर्न सक्छन् या सक्दैनन् भन्ने स्पष्ट भइसकेको छैन । तर आलोचकहरूले सरकारले आप्रवासनविरुद्ध कोरोनाभाइरसको महामारीलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । सोमवार अबेर राति राष्ट्रपति ट्रम्पको घोषणा आउनुअघि ह्वाइट हाउसले महामारीको खराब चरण समाप्त भएको र अमेरिका पुनः खुला हुन सक्ने बताएको थियो ।

    प्रभाव
    भाइरस फैलन नदिन कैयौँ राज्यले लगाएका प्रतिबन्धका कारण अमेरिकाको अर्थतन्त्र ठप्प भएको छ। पछिल्लो चार हप्तामा दुई करोडभन्दा बढी अमेरिकीहरूले आफ्नो नाम बेरोजगारको रूपमा दर्ता गराएका छन्। त्यो पछिल्लो दशकमा रोजगारदाताहरूले जागिर उपलब्ध गराएका भनिएका मानिसहरूको सङ्ख्याको बराबरजस्तै हो ।

    हालसम्म अमेरिकामामा ७ लाख ८७ हजारभन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको र ४२ हजारभन्दा बढीको मृत्यु भएको विश्वव्यापी रूपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ। राष्ट्रपति ट्रम्पको निर्णयबाट को को प्रभावित हुनेछन् भन्नेबारे तत्कालै स्पष्ट भएको छैन र ह्वाइट हाउसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    अघिल्लो महिना अमेरिकाले महामारीको कारण अप्रवासीहरू सहितका लागि प्रवेशाज्ञा दिन स्थगन गरिएको जनाएको थियो। संयुक्त राज्य अमेरिकाले क्यानडा र मेक्सिकोसँग सीमामा अत्यावश्यकबाहेक अरू आवतजावतमा लगाइएका प्रतिबन्धहरूलाई थप अवधि कायम राख्ने सहमति गरिसकेको छ। कोरोनाभाइरसका कारण बढी प्रभावित युरोपेली देशहरूबाट आवतजावत पनि नियन्त्रण गरिएको छ र चीनबाट रोजगार भिसावाहक, विद्यार्थी र व्यवसायीहरूलाई यात्रा गर्न छुट दिने भनिएको छ। हालैका हप्ताहरूमा सङ्कटकालीन अधिकारहरूको प्रयोग गरी कागजपत्रविहीन हजारौँ आप्रवासीलाई अमेरिका-मेक्सिको सीमाबाट फर्काइएको थियो ।

    अर्थ के?
    सार्वजनिक स्वास्थ्यका लागि कदम चाल्ने क्रममा अधिकारीहरूले आप्रवासनसम्बन्धी नियमहरूलाई उल्टाउँदै गैरकानुनी हैसियत भएका आप्रवासीलाई द्रुत गतिमा हटाउन सक्छन्। बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्, राष्ट्रपति र उनका कैयौँ प्रमुख सल्लाहकारहरूले आप्रवासन देशका लागि लाभदायीभन्दा पनि बोझ रहेको ठान्ने गरेका छर्लङ्ग जस्तै छ ।

    आफ्नो ट्विटरमार्फत्‌ राष्ट्रपतिले देशको स्वास्थ्यका लागि मात्रै नभई ‘महान् अमेरिकी नागरिक’को रोजगारी रक्षा गर्न कदम चाल्न लागेको उल्लेख गरेका छन् । जर्चरका अनुसार यसविषयमा राष्ट्रपति ट्रम्पले ल्याउने जस्तोसुकै प्रस्तावलाई आप्रवासन पक्षधर समूह, कतिपय व्यापारिक स्वार्थ समूह र राष्ट्रपतिका सैद्धान्तिक प्रतिद्वन्द्वीहरूले चर्को विरोध गर्नेमा सन्देह छैन ।

    तर राजनीति लडाइँको रेखा खिच्न माहिर अनि आफ्ना विपक्षीहरूलाई सम्भव भएसम्म उत्तेजित बनाउन रुचाउने ट्रम्पका लागि त्यो नौलो हुनेछैन । चार वर्षअघि राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी कडा प्रावधानहरूको पक्षमा आफूलाई उभ्याउँदै अमेरिका प्रवेश गर्ने सबै मुस्लिमप्रति अस्थायी प्रतिबन्ध लगाउने बताएका थिए । चुनौतीपूर्ण देखिएको राष्ट्रपतीय चुनावअघि ट्रम्पले त्यस्तै मुद्दा उठाउने अवसर पाएका छन्।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.