काठमाडौं- विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै कोभिड–१९ को संक्रमणको प्रसारलाई रोक्नका लागि लगाइएका प्रतिबन्ध तथा लकडाउनहरु बिस्तारै–बिस्तारै गरेर नै हटाउन भनेको छ । विभिन्न देशहरुले उनीहरुको देशबाट लकडाउन हटाउन विचार गरिरहेको अथवा आंशिक रुपले प्रतिबन्ध हटाइ सकेपछि डब्ल्यूएचओको चेतावनी आएको हो ।
यदि हडबडीमा अथवा सही समय भन्दा पहिला लकडाउन हटाइयो भने कोरोना भाइरस झन् धेरै फैलन सक्छ भन्ने कु्रा पनि डब्ल्यूएचओले मंगलबारका दिन बताएको छ । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कसाई भन्छन् जबसम्म कुनै भ्याक्सिन अथवा औषधि पत्ता लाग्दैन, लकडाउन हाम्रो लागि न्यू नर्मल हुनु पर्छ किनभने यसबाट फाइदा भएको प्रमाणहरु प्राप्त भएका छन् ।
उनी भन्छन् जुन सरकारले लकडाउन हटाउन चाहन्छ, उसले एकै पटक लकडाउन नहटाएर विस्तारै विस्तारै हटाउनु पर्छ र हरेक स्थितिहरुमा पूर्ण ध्यान दिनु पर्छ । यसैबीच जापान र सिंगापुर जस्ता देशहरुमा कोभिड ९१९ संक्रमणको दोस्रो चरणमा पुगेको छ ।
बीबीसीबाट




















