काठमाण्डौ- धेरै जसो मानिसहरु अहिले सामाजिक दूरी पालन गरिहेका छन् । सामाजिक दुरी पालना गर्नु भन्दा पनि साबुन पानीले हात धुनु अति नै आवश्यक छ । घरबाट बाहिर कुनै पनि व्यक्तिमा संक्रमण हुने आशंका हुन्छ । उसले हाछयूँ गर्दा र खोक्दा निस्केका थुकका थोपाहरु तपाईंसम्म नपुगोस् भन्नाका लागि ६ फुट दुूरीमा उभिनु पर्छ ।
यद्यपि ती साना थोपाहरु हावामा केही समयसम्म रहन सक्छन् तर एरोडाइनेमिक्सका कारण यो भाइरस कपडामा जीवित रहने सम्भावना धेरै कम हुन्छ भाइरसको साना छिट्टाहरु कपडामा किन रहँदैन ? संक्रमित व्यक्तिले खोक्दा अर्थात हाछयूँ गर्दा निस्केका थुकका छिट्टा हावाको प्रवाहसंगै बहन्छ र तिव्र गतिमा रहेको कुनै वस्तुमा ठोकिन्छ ।
यद्यपि मानिस एकदम कम गतिमा हिंड्छ । त्यसैले यी छिट्टाहरु हामीसंग ठोक्किने सम्भावना कम हुन्छ । त्यसको केही थोपाहरु नै हाम्रो अंग र कपडाहरुमा खस्न सक्छ । किन भने यो हावाको प्रवाहसंग बग्न सक्दैन । यदि तपाईं कतै बाहिर जानु भएको छ भने घर आएर नुहाउन र लुगा धुनु उपयुक्त हुन्छ ।
दाह्री र केशमा पनि भाइरस जिवित हुन्छ ?
यदि तपाईं सामाजिक दुरीको पालना गरिरहनु भएको छ भने तपाईंको शरीरको कुनै पनि अंगमा भाइरस आउँदैन । यदि कुनै संक्रमित मानिसको थुकको थोपा तपाईंको कपाल अथवा दाह्रीमा पर्छ भने त्यहाँ भाइरस हुने आशंका हुन्छ । त्यसपछि तपाईंले कपाल अथवा दाह्रीमा हात लगाएर त्यो हातले आफ्नो आँखा, नाक र मुख छुनु भयो भने मात्र संक्रमणको स्थिति उत्पन्न हुन्छ । केश र दाह्रीको माध्यमबाट भाइरस फैलने कम मात्र सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।
के धुलाईबाट भाइरस मर्छ ?
साबुन अथवा डिटर्जेन्टले कपडा धोइरहनु पर्छ । यदि तपाईंको लुगामा भाइरस भयो भने पनि साबुन अथवा सर्फले लुगा धुँदा भाइरस मर्छ ।
लगाएको लुगामा कति समयसमम् भाइरस जीवित हुन्छ ?
धातुमा तीन दिन र कागजमा एक दिनसम्म भाइरस जीवित हुन्छ भन्ने अध्ययनले बताउँछ । लुगाको बारेमा विशेष अध्ययन भएको छैन । तर विशेषज्ञहरु भन्छन् कागजमा सोस्न सक्ने क्षमता भएकाले त्यसमा भाइरस कम समय जीवित हुन्छ भने लुगामा पनि त्यहि सम्भावना हुन सक्छ ।
जुत्तालाई पनि संक्रमण रहित बनाउनु आवश्यक छ ?
जुत्ता भाइरसको वाहक हुनसक्छ, तर यो संक्रमणको सामान्य स्रोत होइन । विशेषज्ञ भन्छन् -‘त्यस्तो जुत्ता लगाएर बाहिर जानु पर्छ जसलाई साबुनले धुन मिलोस् । यसको साथै घर भित्र जुत्ताको प्रवेशमा रोक लगाउनु पर्छ ।’
सामानको डेलिभरी प्याकेज र पत्रपत्रिकामा पनि भाइरस हुन्छ ?
कुनै प्याकेजमा संक्रमणको आशंका अति नै कम हुन्छ । पत्रपत्रिका पढ्दा र प्याकेज खोल्दा संक्रमण हुने सम्भावना हुन्छ भन्ने किसिमको अहिलेसम्म त्यस्तो कुनै केश देखिएको छैन ।




















