काठमाडौं– घातक कोरोना भाइरसको महामारी अहिले पनि उस्तै छ । दिन प्रतिदिन यसको महामारी बढ्दै गएको छ । यो खतरनाक भाइरसले अहिलेसम्म १ लाख ७० हजार भन्दा धेरै मानिसको ज्यान लिसकेको छ ।
यही क्रममा कोभिड-१९ को बारेमा अगाडि आएका नयाँ रिपोर्टहरुबाट के पत्ता लागेको छ भने यो भाइरसले हाम्रो फोक्सो मात्र नभएर शरीरका ऋनय अंगहरुमा पनि हानि पुर्याउँछ ।
अहिलेसम्म कोरोना भाइरसले मानिसको फोक्सोमा मात्र हानि पुर्याउँछ र जसका कारण सास फेर्न गाह्रो हुन्छ भन्ने मान्यता थियो ।
तर विभिन्न रिपोर्टहरुको अनुसन्धानपछि के पत्ता लागेको छ भने कोरोना भाइरसले शरीरमा अक्सिजनको वाहक रातो रगतको कोशिकाहरुलाई सकेत नष्ट गरिदिन्छ ।
जसका कारण शरीरमा अक्सिजनको कमी हुन थाल्छ । जसले यो भाइरसबाट संक्रमित विरामीको स्थिति गम्भिर हुँदै जान्छ ।


