दुबई- कोरोना भाइरसका कारण मुसलमानहरुलाई निशाना बनाएको भन्दै संयुक्त अरब इमिरेट्स (युएईं) की राजकुमारीले भारतीय आप्रवासिहरुलाई कडा चेतावनी दिएकी छिन् । उनले भनेकी छिन् -‘ जातीय भेदभाव र घृणा फैलाउनेहरुलाई केवल जरिवाना दिने मात्र होइन मुलुकबाट बाहिर पनि निकालिने छ ।’
उक्त कुरा राजकुमारी हेन्द अल कासमीले एउटा भारतीय व्यक्तिको ट्वीटको जवाफ दिँदै भनेकी थिइन् । खबरका अनुसार वैश्विक महामारीको क्रममा एक जना भारतीयले सामाजिक सञ्जालमा घृणाले भरिएको पोस्ट लेखेका थिए ।
जसमा उसले तबलीगी जमातलाई कोरोना भाइरस फैलाएको आरोप लगाउने कोशिश गरेका थिए । उनको ट्वीट भाइरल भएपछि राजकुमारीले उक्त कुरामा प्रतिक्रिया दिएकी थिइन् । राजकुमारी कासमीले प्रवासी भारतीय सौरभ उपाध्यायको ट्वीटलाई इस्लामोफोयिबा करार दिाँदै स्त्रिनशट पोस्ट गरेर जवाफ दिएकी छिन् ।
जसमा उनले भनिन् -‘कुनै पनि त्यस्तो व्यक्ति जसले संयुक्त अरब इमिरेट्समा खुलेआम घृणाले भरिएको मानसिकता र भेदभावको परिचय दिन्छ, त्यसको विरुद्धमा केवल जरिवाना मात्र तिर्नु पर्ने नभएर मुलुकबाट बाहिर निकालिने छ ।’ यद्यपि भारतमा कोरोना भाइरस धेरै संक्रमित हुनुको पछाडि जमातका मानिसहरुको नाम आउनु र यसको लागि उनीहरुलाई निशानामा पारेकोमा अरब देशका बुद्धिजीविहरु आक्रोशित छन् ।


