गोरखा समाचारदाता
गोरखा – गोरखाको स्थानिय निकायलाइ स्वास्थ्य सामाग्री आवश्यता रहेको भन्दै एक जनाले उपलब्ध गराएको छ ।
गोरखा आरुघाट गाउँपालिकाका प्रेम खत्रीले गोरखाको विभिन्न स्थानिय निकायलाई थर्मल गन र मास्क उपलब्ध गराएको हो ।
सदरमुकाममा अनौपचारी कार्यक्रम गरी खत्रीले राजधानी देखि ल्याएका सामाग्रीहरु सम्वन्धीत गाउँपालिकालाई हस्तान्रण गरेको छ । उनले ‘नोबल कोरोना भाइसरका कारण जिल्लाको सबै स्थानमा थर्मल गन र मास्कको अभाव भएको जानकारी पाए संगै राजधानीबाट सामान खरिद गरेर वितरण गरेको’ बताए ।
खत्रीले गोरखा सदरमुकाममा रहको गोरखा नगरपालिका ७ थान, चीन संग सिमा जोडिएको चुम नुब्री ५, धार्चे ३, भीमसेन थापा ८, गण्डकी ९ र शहिद लखन गाउँपालिका २, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखा १ थान र लायन्स क्लबका साथै गोरखाको १ थानका साथै सुरक्षा निकायलाई ४ गरी ४० थान थर्मल गन र ४ हजार थान मास्क वितरण गरेका थिए ।
मास्क भने गण्डकी गाउँपालिकालाई ३००० थान, धार्चे गाउँपालिकालाई १००० थान र चुम नुब्री र शहिद लखनलाई ५००/५०० थान वितरण गरेका हुन् ।
यसै बिच आजै (मंगलबार) गोरखा डेभलपमेन्ट फोरमको समन्वयमा फेज नेपालबाट प्राप्त १२ थान थर्मल गन मध्ये चुम नुब्रीलाई ७ थान र गण्डकी गाउँपालिकालाई ५ थान वितरण गरिएको छ ।
यस अघि पनि युएनडिपीले गोरखाको बारपाक सुलिकोट, भीमसेन थापा र चुमनुब्रीलाई गाउँपालिका बाहेक सबै स्थानिय तहलाई ७९ थान थर्मल गन बितरण गरिसकेको छ ।


