काठमाडौं – गायिक दीपा नारायण झाले गाउनु भएको कोरोना भाइरस विरुद्ध जनचेतना जगाउने गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । होप…’ शीर्षकको उक्त गीतका शब्दहरू सञ्चारकर्मी सञ्जय बरालले रचना गर्नु भएको हो भने यो गीतलाई क्रिस रिजालले संगीतबद्ध गर्नु भएको हो ।
राहुल कालिकोटे तथा दीपक शुर्खेतिले यी गीतमा संगीत संयोजन गर्नु भएको छ । उक्त गीतको भिडियो संगीतकार रिजालको आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । संगीतकार रिजालका अनुसार यो गीतको अडियो तथा भिडियो लक डाउनको समयमा घर भित्रै रहेर तयार गरिएको हो ।
मुम्बईमा बसोबास गर्नु हुने लोकप्रिय गायिक दीपा नारायण झाले पनि आफ्नै घरका विभिन्न ठाउँहरूमा भिडियोका दृश्यहरु छायांकन गराउनु भएको छ। यो गीतलाई किशोर गोल्ड (फ्रेम प्रोडक्सन) मा मिक्सिङ गरिएको हो । विजेश पौडेलले भिडियो निर्देशन गर्नु भएको हो ।
यस्ता छन् गीतका शब्द
एक जुट हुनु पर्छ,तब जित्छौ कोरोनालाई
आत्मबल दरो पारौ भोलिको त्यो बिहानिलाई,
कोलाहाल्छ सन्सारै भर दुखमा छ मानब जाती।
गास बास को ठेगान छैन,काम कुरो सबै थाती।
हात धोउ अरु नछौउ घरमै बसौ नआत्ति
आफु बाच्दै समाज अनि सन्सारलाई बचाउनु छ।
यहि सन्देश अब हामिले विश्व भरी पुरयाउनु छ
हात धोउ अरु नछौउ घरमै बसौ नआत्ति
यस्तो छ म्यूजिक भिडियो


