नायिका आँचल शर्मा तथा उनका श्रीमान उदिप श्रेष्ठले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका परिवारलाई आँचल र उनको श्रीमान् उदीप श्रेष्ठले राहत वितरण गरेका हुन् ।
आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको बताइन् । केही समय अगाडि मात्रै विवाह बन्धनमा बाँधिएकी आँचल विवाहमा लगाएको महंगो लेहेङ्गा र गर-गहनाका कारण उनी धेरै विवा’दित बनेकी थिइन् ।
उक्त खर्चपछि फाल्तु खर्च नगरेर समाज सेवाको काम गर्न उनलाई धेरैले सुझाब दिइरहेका थिए । अहिले आँचलले समाज सेवाको लागि पनि केहि गर्न खोजेको देखिन्छ ।


